बजेट नसच्याइए पास हुन दिँदैनौं र जनताले जलाउने छन् : पूर्वमन्त्री खान

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, ८ असार । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वखानेपानी मन्त्री अब्दुल खानले सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।

उनले यो विभेदकारी बजेट नसच्याइए पास हुन नदिने र जनताले गल्ली–गल्लीमा जलाउने चेतावनी दिएका छन् ।

उनले बजेटमा कृषि क्षेत्र विकासका लागि थप बजेट विनियोजन नगरे आफ्नो पार्टीले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बजेटमाथिको छलफलमा उनले भने, ‘यो बजेटमा बर्दिया जिल्लाको एक ठाउँमा मात्र नाम आएको र ललितपुरको चौतिस ठाउँमा राखिएको छ । म कृषि मन्त्रीलाई भन्न चहान्छु यसलाई समयमा सच्चाउनुहोस् । नत्र हामीले पास गर्न दिनौ र जनताले गल्ली गल्ली यो बजेट जलाउने छन् ।’

यो भन्दा अघिल्लो आर्थिक बर्षको बजेट पनि कटौती भएको थियो । बजेटमा किसानको बिमा, राहत र किसान काड हटाएको छ यो कार्य संविधान बिपरीत रहेको बताउँदै खानले यो कुरा कृषि मन्त्रीले बुझ्नु पर्ने बताए ।

संबिधानको धारा ५१ अंक ५ न. मा उल्लेख गरिएको छ कृषकको लागि कृषि सामाग्री उचित मुल्यमा व्यवस्था गरिने छ भन्ने कुरा लेखिएता पनि कृषकहरुले रातदिन मेहनत गरेर उब्जाएको कृषि उपज बजारीकरण नहुदा बाटोमा फाल्न बाध्य छन् ।

यो कार्यले आज किसानहरुको आत्मबल कम्जोर हुँदै गइरहेको उनले बताए । सरकारले यो बजेटमा कृषकहरुलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने र कृषकको उत्पादनलाई सहज बजारीकरण हुने व्यवस्था मिलाउनु पर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ