काठमाडौं, ८ असार । डिजिटल शिक्षण र सिकाइमा समर्पित “लर्निङ एप्प” मेरो शिक्षाको कार्यकारी सल्लाहकार र ब्राण्ड एम्बेस्डरको रुपमा प्रभावशाली युवा नेता मनिष मिश्र नियुक्त भएका छन् ।
मेरो शिक्षा लर्निङ्ग एप्पको ब्राण्ड एम्बेस्डरको नियुक्त भएपछि मिश्रले खुशी व्यक्त गर्दै यसबाट आमविद्यार्थीहरु लाभान्वित हुने र यो एप्प एकदमै उपयोगी रहेको बताएका छन् ।
नेपालको राष्ट्रिय राजनीतिमा विद्यार्थी नेता हुँदै अहिले मिश्र लोसपाका प्रभावशाली केन्द्रीय नेता हुन् । उनी विद्यार्थी राजनीति गरिरहँदा खासगरी नेपालको शिक्षा पद्धति र शिक्षामा सुधारका लागि आफूलाई समर्पण गरेका थिए ।
विद्यार्थीको हकहितका लागि उनी जहिले पनि अग्रस्थानमा आवाज उठाउँदै आएका छन् । नेपालको विद्यार्थी राजनीतिमा उनको महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनले नेपालको शिक्षा क्षेत्र त्यसमा मधेशका शिक्षामा पनि सुधारका लागि धेरै नै प्रयासहरु गरेका छन् । उनी तमविफ्रन्टका अध्यक्ष हुँदा समग्र मधेश शिक्षित प्रदेशको नारा ल्याएका थिए ।
उनी मधेशको शिक्षा क्षेत्रमा मात्रै नभइ समग्र नेपालको शिक्षा प्रणालीमा सुधार, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहलकदमी गर्दै आएका छन् ।
के हो मेरो शिक्षा लर्निङ्ग एप्प ?
राष्ट्रले शैक्षिक क्षेत्रमा परेका असरहरूको सामना गरिरहेको यस विषम परिस्थितिमा हामी बूढानीलकण्ठ स्कुलका भुतपूर्व विद्यार्थीहरुले शिक्षण र सिकाइ क्षेत्रका समस्याहरू चिर्दै सुदूर भविष्यका लागि समेत निरन्तर उपयोगी हुने गरी यस क्षेत्रमा प्राविधिक नवीनता ल्याएका छौँः MeroSiksha – Super Learning App ।
डजिटल शिक्षण र सिकाइमा समर्पित MeroSiksha एउटा “लर्निङ अ्याप” हो जसले अन्तक्र्रियात्मक अध्ययन तथा अभ्यासका सामाग्रीहरु, भिडियो लाइब्रेरी र तत्काल शिक्षक सहायता (Instant Tutor Support) जस्ता सेवाहरु प्रदान गर्दछ । पछिल्लो २ वर्षको निरन्तर विकासमा हामीले १२० विषयका लागी १०,००० भन्दा बढी भिडियो तथा २ लाख अन्तक्र्रियात्मक प्रश्नावली एवम्अन्य सामाग्रीहरु पाठ्यक्रममा आधारित भएर सिर्जना गरेका छौँ ।
नेपालमा डिजिटल शिक्षाको विकास क्रमिक प्रक्रिया हो । MeroSiksha को वेबसाइट तथा अ्यापमा अहिले नै कक्षा ५ देखि NEB +२ र A-Level का सामाग्रीहरु उपलब्ध छन्। त्यसैगरी, इन्जिनियरिङ्ग र मेडिकल विद्यार्थीका लागि प्रवेशिका परिक्षा (Entrance) का सामाग्रीहरू पनि उपलब्ध छन् । साथसाथै, MeroSiksha ले साप्ताहिक रुपमा अध्ययन सामाग्रीहरु अद्यावधिक (update) गर्ने र त्यसमा विद्यार्थीका परिवर्तनशील आवश्यकताहरु प्रतिबिम्बित हुने प्रतिबद्धता जाहेर गर्दछौँ । हाल अहिले MeroSiksha मा ५००००+ प्रयोगकर्ता छन्।
अध्ययनका सामाग्री तथा शिक्षकको तात्कालिक सहयोग जुटाउने “लर्निङ अ्याप” को रूपमा MeroSiksha शिक्षक र विद्यार्थी दुवैको साथी बन्न सक्छ । विद्यालय र विद्यार्थीका लागि कार्यान्वयन मोडेल यो प्रस्तावपत्रसँगै पठाइएको छ । MeroSiksha अ्यापका साथै हामी एउटा शिक्षा व्यवस्थापन प्रणालीलाई एकीकृत रूपमा सञ्चालन गर्दै छौँ । MeroSiksha लर्निंग व्यवस्थापन प्रणालीले सम्पूर्ण विद्यालय र कलेजहरूलाई प्रशासनिक सुविधा प्रदान गर्ने छ । विद्यार्थीहरूलाई नोट वितरण गर्न, आन्तरिक अनलाइन कक्षा तथा परीक्षा सञ्चालन गर्न र अन्य प्रशासनिक एवम्शिक्षण गतिविधिहरू सञ्चालन गर्नमा यसको मुख्य दक्षता रहने छ । सो शिक्षा व्यवस्थापन प्रणालीलाई भने हामी निस् शुल्क नै उपलब्ध गराउदै छौँ ।
MeroSiksha गुणस्तरीय र न्यायसङ्गत सेवा प्रदान गर्न प्रतिबद्ध छ । यस प्रस्तावपत्रमा उल्लेखित प्रस्ताव स्वीकार गरी नेपालमा “शिक्षा सबैका लागि” नारालाई साकार बनाउन तपाईँको सहयोगको लागि हार्दिक अनुरोध गर्दछु । हाम्रो प्रयासमा तपाईँले पनि आफ्नो तर्फबाट MeroSiksha को आधिकारिक वेबसाईट www.merosiksha.com मा आफ्नो खाता निर्माण गरेर हामीले तयार पारेका सामाग्रीको अवलोकन गर्नु हुने छ र हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रियासमेत दिनुहुने छ भनी आशा गरेको छु ।
तपाईको प्रतिक्रिया