चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम

समाचार

बाँके, ८ असार । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरूलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

जङ्गल क्षेत्रसँग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेलधुरा, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्ला सर्पको जोखिममा पर्छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल तथा लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्प दंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी सहभागी तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्म जानकारी प्रवाह गरिने बताइएको छ ।

तालिमको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट समेत रहेका एनेस्थेसियोलोजिष्ट डा. आचार्य, सर्पदंश विशेषज्ञ कमल देवकोटा, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाह लगायतले सहजीकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ