कैलाली, ८ असार । धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक किशोर पक्राउ परेका छन् ।
ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया