रौतहटमा लागूऔषधसहित एक युवक पक्राउ

समाचार

रौतहट, ८ असार । चन्द्रपुर नगरपालिका–४ बाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक गुरौलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले ना.५८ प ४२४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरौलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ