स्रोत नखुलेको नगदसहित पक्राउ

समाचार

पर्सा, ८ असार । वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।

८ लाख नेपाली रूपैयाँसहित बारा प्रसौनी गाउँपालिका–२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ