मोरङ, ८ असार । धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित रंगेली नगरपालिका–७ बस्ने दिपेन सोनीको राधेकृष्ण ज्वेलर्सबाट लाखौं धनमाल चोरी भएको छ ।
ज्वेलर्सबाट ल्यापटप १ थान, करिब ४ तोला सुनको गहना, करिब ४ सय ४० तोला चाँदीको गहना समेत गरी करिब १० लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको हो ।
तपाईको प्रतिक्रिया