४ केजी चरेशसहित दुई जना पक्राउ

समाचार

कपिलवस्तु, ९ असार । शिवराज नगरपालिका–९ रमुदहवाबाट अवैध लागूऔषध चरेशसहित दुई जना परेका छन् ।

करिब ४ केजी चरेशसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ती मगर र उनकै श्रीमती ३९ वर्षीया मशान्ती घर्ती मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ