करेन्ट लागेर मृत्यु

समाचार

बाँके, ९ असार । कोहलपुर नगरपालिका–११ बगिया बस्ने २५ वर्षीय गुज्जेश्वर घर्तीको करेन्ट लगेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका–१० कालिकानगर बस्ने राजेश गुरुङको घरमा ईन्भर्टर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ