नेपालगन्ज, ९ असार । नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगर सभामा प्रस्तुत गरिएको हो ।
यो बजेट चालू आर्थिक वर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक वर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रममा विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया