नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत जनकपुरधाममा सम्मानित

समाचार

जनकपुरधाम, ९ असार । वरिष्ठ नेत्र रोग विशेषज्ञ एवं आँखा सर्जन प्राध्यापक डा.सन्दुक रुइतलाई जनकपुरधाममा सम्मान गरिएको छ ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले आँखा सर्जन डा. रुइतलाई ािवभिन्न संघसंस्थाहरूको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।

नेपालको आँखा सर्जरीमा नयाँ शैली तथा प्रविधिको प्रयोग गरेर विश्वका लागि अनुकरणीय बनेका रुइतलाई सम्मानित गर्ने संस्थाहरूमा नेपाल रेडक्रस जानकी आँखा अस्पताल जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका, वटेश्वर गाउँपालिका, नेपाल रेडक्रस धनुषा र सर्लाही शाखा रहेका छन् ।

१ लाख २० हजार भन्दा बढीको आँखा सर्जरी, मोतिया बिन्दुका लागि नयाँ लेन्सको विकास जस्ता थुप्रै राम्रा कामका माध्यमबाट विश्व प्रसिद्ध डा. रुइतलाई सम्मानित गरिएको संस्थाहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ