काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी नेपालको पहिलो विधान अधिवेशन आजदेखि सुरु हुन लागेको छ ।
आइतबारदेखि मंगलबारसम्म चल्ने विधान अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने लागेको प्रचार प्रसार समितिका सदस्य सुरेश मण्डलले जनाएका छन् ।
उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ६१ प्रतिनिधि सहभागी उनले बताएका छन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने सो पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया