काठमाडौं, १० असार । जनता समाजवादी पार्टी, नेपालको प्रथम विधान अधिवेशन सुरु भएको छ ।
आइतबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा सुरु भएको पार्टीको विधान अधिवेशन मंगलबारसम्म चल्ने छ ।
अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । असार ११ गते सोमवार सहभागी भएका प्रतिनिधिहरूलाई समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ ।
असार १२ गते मङ्गलवार विधानमाथि पार्टीका नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
विधान अधिवेशनमा मुलुकभरबाट एक हजारेभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।



तपाईको प्रतिक्रिया