धनुषा, १० असार । कमला नगरपालिका–६ स्थित सडकमा ज.१३ प ३५५ नम्बरको मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ६० बर्षीया रानिबत्ती देवी महतोको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका उनको न्युरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया