हिमाल–पहाडका जिल्लामा नेतृत्व खोज्दै जनमत पार्टी

समाचार

काठमाडौं, ११ असार । तराई–मधेश पकड बलियो बनाउँदै आएको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमालका जिल्लामा पनि संगठन विस्तार गर्न लागेको छ ।

पहाड र हिमालका जिल्लाहरुमा नेतृत्व लिनका डा.सीके राउतले खुल्ला आह्वान गरेका हुन् ।

डा.राउतले भनेका छन्, ‘जनताको लागि त्यागको राजनीति गर्ने देशको एक मात्र वैकल्पिक शक्ति हिमाल, पहाड, तराई–मधेश जताततै विस्तार हुँदैछ। के तपाईं आफ्नो जिल्लामा नेत्तृत्व लिन चाहनु हुन्छ ?’

‘आऔं, देश विकासमा जुटौं । जनमत पार्टीको नेत्तृत्व लिऔं। अरू पार्टी जस्तो देश लूट्न होइन, मन्त्री बन्न होइन। एक दूरदृष्टि सहित, जनताको सेवा गर्न, देशको विकास गर्न ।’

अछाम, अर्घाखाँची, इलाम, ओखलढुंगा, काभ्रेपलाञ्चोक, कालिकोट, कास्की, खोटाङ, गुल्मी, गोरखा, जाजरकोट, जुम्ला, डडेलधुरा, डोटी, डोल्पा, तनहुँ, ताप्लेजुङ, तेह्रथुम, दार्चुला, दैलेख, दोलखा, धनकुटा, धादिङ, नवलपरासी–बर्दघाटपूर्व, नुवाकोट, पर्वत, पाँचथर, पाल्पा, प्युठान, बझाङ, बाग्लुङ, बाजुरा, बैतडी, भोजपुर, मनाङ, मुगु, मुस्ताङ, म्याग्दी, रसुवा, रामेछाप, रुकुम–पश्चिम, रुकुम–पूर्व, रोल्पा, लमजुङ, संखुवासभा, सल्यान, सिन्धुपाल्चोक, सिन्धुली, सुर्खेत, सोलुखुम्बु, स्याङजा र हुम्लामा नेतृत्वका लागि डा.राउतले आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ