जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

समाचार

मोरङ, ११ असार । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ