श्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

समाचार

काठमाडौं, ११ असार । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनिया युआनसहित २ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ