जनमत पार्टीले रौतहटमा जलायो संघीय सरकारको बजेट प्रतिलिपि

समाचार

रौतहट, ११ असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।

सोमबार जनमत पार्टी रौतहटले सदरमुकाम गौरस्थित क्रान्ति चौकमा संघीय सरकारको बजेट विरुद्ध विरोध प्रदर्शन गर्दै बजेटको प्रतिनिधि जलाएको हो ।

संघीय सरकारको बजेट मधेश विरोधी रहेको भन्दै विभिन्न नारा लगाउँदै जनमत पार्टीका नेता कार्यकर्ताहरुले नगर परिक्रमा गरेको थियो ।

जनमत पार्टी अहिले संघीय सरकारलाई समर्थन दिएको छ तर बजेट मधेश विरोधी रहेको भन्दै अध्यक्ष डा.राउतसहितका सांसदहरुले सदनमै चर्को आलोचना गर्दै आएका छन् ।

यता, जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानले यसअघि नै मधेशका गल्ली–गल्ली र चौक–चौकमा बजेट जलाउने चेतावनीसमेत दिएका थिए ।

यस्तै, जनमत पार्टीले अहिलेसम्म विभिन्न जिल्लाहरुमा संघीय सरकारको बजेट जलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ