मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा जनचेतना फैलाउन आवश्यक : सभामुख मण्डल

समाचार

जनकपुरधाम, १२ असार । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।

मुस्लिम आयोगले जनकपुरधाममा आयोजना गरेको मुस्लिम समुदायका जनप्रतिनिधिहरूको क्षमता विकास तथा सशक्तीकरण कार्यक्रममा सो धारणा राखेका हुन् ।

उनले मधेश प्रदेशमा मुस्लिमको जनसङ्ख्या करिब १३ प्रतिशत भए पनि जनचेतनाको अभावले राज्यमा उचित सहभागिता हुन नसकेको बताए ।

कार्यक्रमका सभापति तथा मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीले मधेश प्रदेशमा मुस्लिम वर्गको १३ प्रतिशत जनसङ्ख्या भए पनि प्रदेश सभा, पालिका प्रमुख तथा उपप्रमुखमा ज्यादै कम सहभागिता रहेको बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ