कैलाली, १२ असार । टिकापुर नगरपालिका–२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया