रूपन्देही, १२ असार । बुटवल उपमहानगरपालिका–१२ शान्तिचोकस्थित सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ख ०५७१ नम्बरको बसले लु.२९ प ८६८३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया