जसपाको विधान अधिवेशन सम्पन्न : विधान प्रमाणीकरण गर्न समिति गठन

समाचार

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी नेपालको प्रथम विधान अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

विधान अधिवेशनमा आएका सल्लाह, सुझाव र फरक मतलाई समावेश गरी प्रमाणीकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ६ सदस्यीय विधान प्रमाणीकरण समिति गठन गरेको हो ।

पार्टीको विधान अधिवेशनले विधानलाई परिमार्जन सहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले बताएका छन् ।

विधान अधिवेशनमा पार्टीका अध्यक्ष यादवले प्रस्तुत गरेको विधान मस्यौदामाथि १० समूहमा विभाजन गरी छलफल भएको थियो ।

विधान प्रमाणीकरण समितिका सदस्यहरूमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, मो.लालबाबु राउत गद्दी, दीपेन्द्र झा, सुशीला श्रेष्ठ रहरेका छन् ।

मुलुकभरबाट विधान अधिवेशनमा एक हजार बढीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ