सुनसरी, १३ असार । जिल्लाको हरिनगर गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक लागू गरेको छ ।
गाउँपालिकाले ‘मेरो हरिनगर’ नामक पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका लागि यस वर्षदेखि लागु गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिएका छन् ।
पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य, ज्ञान, सीप जस्ता विषय समेटिएको अन्सारीको भनाइ छ ।
आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये एक सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो ।
गाउँपालिकाका ४० वटा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्दै आएका छन् ।
तपाईको प्रतिक्रिया