३८ केजी गाँजा बरामद

समाचार

मोरङ, १३ असार । बुढिगंगा गाउँपालिका–४ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ३८ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीलाई देख्नासाथ पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल चालकले जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला फाली फरार भएका थिए ।

दुवै झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ