नवलपरासी, १४ असार । बर्दघाट नगरपालिका वडा नम्बर १३ मा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १३ मा आयोजना गरिएको भूमिहीनलाई लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।
उनले भूमि र आवास सबै नागरिकको संवैधानिक अधिकार भएकाले आयोगमार्फत केही बर्षमै सबै भूमिहीन नागरिकले लालपुर्जा प्राप्त गर्ने र यसका लागि सरकारले जग्गा व्यवस्थापन गर्ने कार्य समेत गरिरहेको बताएकी छन् ।
“सबै नागरिकको जोत्ने भूमि र बस्ने आवास हुनुपर्छ, उनले भनिन्, “जनतालाई भूमिको मालिक बनाउन सरकार प्रतिबद्ध ।”
जिल्ला भूमि आयोगका अध्यक्ष देवराज भण्डारीले पुरानो मनसोभा र सत्यनारायण आयोगको समयमा १९९६ वटा कित्ताहरूको नापी र फिल्ड बुक प्रमाणीकरण गर्ने काम सम्पन्न भएको बताए ।
कार्यक्रममा पश्चिम् नवलपरासीका विभिन्न पालिकाका १० जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया