मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

सप्तरी, १४ असार । तिरहुत गाउँपालिका–५ मैनाकडेरीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ ।

स.७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ