बर्दियामा विगत तीन वर्ष यता खोरेत रोग देखिएको छैन : कृषि प्रमुख सागर ढकाल

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १४ जेठ । बर्दिया जिल्लामा विगत तीन वर्ष यता पशुमा लाग्ने खोरेत रोग देखा नपरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताएका छन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आयोजना गरेको खोरेत रोग सचेतता तथा नियन्त्रणका लागी संघ प्रदेश र स्थानीय तहका सरोकारवालाहरुसँग अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन् ।

बर्दिया जिल्ला भित्र पशु चौपाया गाई १ लाख २५ हजार, भैंसी १लाख २४ हजार , बाख्रा २ लाख र बंगुर ४२ हजार रहेका छन् ।

प्रदेश सरकारको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएता पनि विगत ३ वर्षदेखि संघ प्रदेश र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछि बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको प्रमुख ढकालले बताए ।

प्रमुख ढकाल भनेका छन्, ‘दिनहँु कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भइरहेको छ तर राज्यले दिने पशु खोपको संख्या वृद्धि हुन सकेको छैन । त्यसै हामीले जिल्लाभित्र सरदर ४० प्रतिशत मात्र पशु चौपायालाई खोप लगाउन सकेका छौ ।’

गोष्ठीमा पशु क्वारेन्टाइन नेपालगन्जका वरिष्ठ डा. बिनय कुमार कर्ण एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका डा सुमन खनाल पशु चिकित्सक अनिल शर्मा लगायत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ