धान दिवसमा रोपाई र हिले दौड प्रतियोगिताका उत्कृष्ट कृषकलाई सम्मान

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १५ जेठ । धान दिवसको अवसरमा रोपाई र हिले दौड प्रतियोगितामा उत्कृष्ट भएका १४ जना कृषकलाई सम्मान गरिएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दिया र बाँसगढी नगरपालिकाको सयुक्त आयोजनामा बाँसगढी नगरपालिका वडा न. ५ मा “जलवायु अनुकुलिता कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ २०औ राष्ट्रिय धान दिवस मनाएको हो ।

कृषकहरुलाई कृषि पेशामा हौसला र रमाइलो होस् भनेर रोपाई र हिले दौड प्रतियोगिता राखेको र उक्त प्रतियोगितामा ५० जना महिला पुरुष कृषकहरुले सहभागिता जनाएकोमा रोपाई महिलातर्फ प्रतियोगी इन्दिरा चौधरी पहिलो सावित्री चौधरी, सुस्मा चौधरी दोस्रो र बन्ती थारु तेस्रो भएका छन् भने रोपाईमा पुरुष तर्फ चित्र बहादुर खत्री पहिलो बालकृष्ण थारु दोस्रो र दशरथ चौधरी तेस्रो भएका छन् ।

त्यसैअनुरूप हिले दौडमा महिलातर्फ कल्पना पाण्डे पहिलो पन्चकली परियार दोस्रो र तिलसरा पान्डे तेस्रो भएका छन् भने पुरुष तर्फ चित्र बहादुर खत्री पहिलो शुभास पराजुली, केशव बिष्ट दोस्रो र कृष्ण प्रसाद बास्तोला तेस्रो भएका छन् ।

सबै विजयी प्रतियोगीहरु पहिलो हुनेलाई रु एक हजार दोस्रो हुनेलाई रु आठ सय र तेस्रो हुनेलाई रु छ सय नगद पुरस्कार दिएर सम्मान गरेको कुरा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताए ।

बाँसगढी नगरपालिका र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको सयुक्त आयोजनामा २०औ धान दिवस कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य बाँसगढी नगरपालिकालाई धानमा आत्मनिर्भर बनाउने सांकेतिक रूपमा सबै कृषकहरुलाई एउटा सन्देश हो ।

खासगरी यसपटकको ११औ नगर सभा बाट आफुले पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका निमित्त धेरै कार्यक्रम ल्याएको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले जानकारी दिए

धान दिवसको अवसर पारेर नब ज्योति कृषक समूह र अन्य कृषकहरुलाई आर्थिक बर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत पावर टेलर १ थान मिनि टेलर १ थान र पानी तान्ने मोटर ४ थान वितरण गरेको बाँसगढी नगरपालिकाको कृषि शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

बर्दिया जिल्लामा धान उत्पदन ५० हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । ७० प्रतिशात भुभाग सिंचित रहेको बर्दियामा वार्षिक २ लाख २६ हजार क्विन्टल धान उत्पादन हुन्छ ।

कार्यक्रममा बाँसगढी नगरपालिका सबै जनप्रतिनिधि कर्मचारी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुका साथै पालिका भित्रका कृषकहरु गरि झन्डै ४ सय जनाको सहभागी रहेको थियो ।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ