काठमाडौं, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको बताए ।
नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया