बर्दियामा बोइलर कुखुराको अभाव

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १६ असार । बर्दिया जिल्लाका ८ वटै पालिकाका प्रमुख बजारहरुमा बोइलर कुखुराको अभावका कारण मासु पसलमा लामो भिड देखिने र आवश्यक अनुसारको मासु पाउन गाह्रो भएको छ ।

गर्मियाममा बोइलर कुखुरा विभिन्न कारणले मर्ने भएको हुनाले कुखुरा उत्पादनमा कमि आएको हो ।

बर्दियामा तापक्रम अत्यधिक बढ्ने भएका कारण धेरै दिनसम्म यसलाई पाल्न नसकिने पाले पनि कुखुरा मर्ने भएका कारण कुखुरा ४५ दिन नपुग्दै छिटो बेच्नु भएकाले जिल्लामा नै अहिले कुखुराको अभाव भएको कुरा कुखुरा पालक गुलरिया–७ निवासी ननकौ धोबी बताउँन्छन् ।

जिल्लामा कुखुरा अभाव हुँदा मासु पसलहरुमा मासु नहुने भए पनि मासुको मुल्य आकाशिएको उपभोक्ताहरु बताउँछन् ।

मिरर होटेल गुलरियाका संचालक बाबुराम पौडेल भन्छन्, बर्दियाका कुखुरा फर्म वालाहरु आफुले पनि कुखुरा उत्पादन गर्न सक्दैन र छिमेकी देशबाट पनि ल्याउन दिदैनन् । जसका कारण उपभोक्तहरु चर्को मुल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् ।

व्यापारीहरुले आफू खुसी मुल्य वृद्धि गरेका हुन् वा के हो यसो गर्नाले दिनभरि मेहनत मजदुरी गर्ने भुइँ मान्छेलाई मासु खान गारो भएको छ ।

यसतर्फ सरोकारवाला निकाय एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको ध्यानाकर्षण गराउँदा बैशाख र जेठ महिनामा अधिक गर्मी हुने हुनाले व्यवसायीक कुखुरा पालक कृषकहरुले खोरमा चल्ला हालेनन् ।

बैशाख र जेठ महिनामा चल्ला खोरमा हालेको भए अहिले त्यो चल्ला तयार भएर मासुको लागि बजारमा आउने थियो र बजारमा मासुको अभाव हुने थिएन ।

साउन महिनामा मासु कम खपत हुने हुनाले कृषकहरुले भदौ महिनादेखि नियमित बेच्ने गरि आफ्नो खोरमा कुखुराको चल्ला हाल्ने गर्छन् । त्यसैले भदौ महिनासम्म प्राप्त मात्रा मासु नपाइन सकिन्छ ।

यदि कसैले काला बजारी गर्ने उद्देश्यले कुखुरा खोरमा हुँदाहुँदै पनि बजारमा अभाव गराएर उपभोक्त संग चर्को मुल्य असुल्न खोजेको छ भने त्यस्ता कृषक माथी कार्यवाही गरिने छ ।

यस विषयमा आफूले अनुगमन गरि थप जानकारी लिने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ