जनकपुरधाम, २४ असार । खेतमा सिंचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कमला नगरपालिका वडा नं. २ माचि झिटकैया बस्ने ५५ वर्षीय सूर्यदेव ठाकुर बरहीको आफ्नै खेतमा सिँचाई गर्न मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया