जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

झापा, २४ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका–१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका–४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ