नियन्त्रित लागूऔषधसहित पक्राउ

समाचार

मोरङ, २५ असार । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित बेलबारी नगरपालिका–३ बस्ने ३८ वर्षीय सतिष सुबेदीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ