मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

वीरगन्ज, २६ असार । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीको परीक्षा दिएर सिमराबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत विजय शर्मा सिमरा क्याम्पसबाट परीक्षा दिई सोमबार दिउँसो घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी बयोधा अस्पतालमा पु¥याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ