ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

सप्तरी, २६ असार । रुपनी गाउँपालिका–१ रुपनी चोकस्थित सडकमा को.१ क १०८४ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

सोही ठाँउ बस्ने मो.अलीजामको छोरा १३ वर्षीय मो.रहमानको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको युनिक अस्पताल रुपनी हुँदै घोपा अस्पताल धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ