सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत घुससहित पक्राउ

समाचार

सिरहा, २७ असार । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल रु एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।

सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ