म्याजिकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रौतहट, २७ असार । गरुडा नगरपालिका–८ स्थित पाल पेट्रोल पम्प नजिक सडकमा म्याजिकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्र.२–०१–००१ च ००६३ नम्बरको म्याजिकले बीआर ३० डब्लु ७१३९ नम्बरको स्कुटरललाई ठक्कर दिँदा स्कुटर चालक भारत सितामडी ग्राम पंचाईत बरगिनिया–१३ बस्ने ३५ वर्षीय चन्दन कुमारको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार म्याजिक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ