अध्यक्ष राउतद्वारा समवेदना प्रकट

समाचार

काठमाडौं, २७ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष डा.राउतले समवेदना प्रकट गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ ज्यूकी अर्धांगिनी श्रीमती सीता दाहालज्यूप्रति हार्दिक श्रद्धाञ्जली दिँदै शोकसंतप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।’

‘आफ्ना स्थिर घरबार बसाउने इच्छा–आकांक्षा र सुखशयलको सपनालाई तिलाञ्जलि दिँदै जनयुद्धकालको जोखिममा समेत आफ्नो पतिको साथ दिँदै आफ्नो जीवन अर्पण गर्नुभएकी श्रीमती सीता दाहालज्यूको लागि सम्मान सँधैभरि जनताको हृदयमा रहिरहनेछ।’ डा.राउतले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ