करेन्ट लागेर महिलाको मृत्यु

समाचार

कैलाली, ३१ असार । धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो ।

जल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ