आरती साह हत्या प्रकरण : महाअभियानले न्याय दिलाउन दबाबमूलक कार्यक्रम गर्ने

समाचार

काठमाडौं, २ साउन । दाइजोको निहुँमा हत्या गरिएकी आरती साहको परिवारलाई न्याय दिलाउन समतामूलक समाज निार्मण महाअभियानले दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।

न्यायका लागि विगत एक महिनादेखि काठमाडौंस्थित माइतीघर मण्डलामा अनशनरत रहेका मृतक आरती साहको परिवारजनहरुसँग भेट्दै महाअभियानकी केन्द्रीय उपाध्यक्षले न्याय दिलाउन दबाबमूलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

महाअभियानकी उपाध्यक्ष साहले पीडित परिवारलाई भेटी घटना बारे सत्यतथ्य बुझेकी छन् ।

उनले भनेकी छन्, ‘दाइजो कुप्रथालाई उन्मुलन तथा पीडितलाई न्याय दिलाउनका निम्ति दबाबमूलक कार्यक्रमसहित यथाशीघ्र सरोकारवाला पक्षसँग भेट्नेछौं ।’

समतामूलक समाज निर्माण महाअभियानका उपाध्यक्ष साह, महासचिव अभिषेक तिवारी र केन्द्रीय सदस्य मिना साहसहितको टोलीले पीडित परिवारसँग मंगलबार भेटेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ