अबैध सामान बरामद

समाचार

रौतहट, ३ साउन । जिल्लाको माधबनारायण नगरपालिका ६ माधोपुर र बौधिमाई नगरपालिका ९ हनुमान चोकबाट १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको बिलबिजक नभएको उक्त सामान नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ