विभिन्न लागूऔषधसहित युवक पक्राउ

समाचार

रुपन्देही, ३ साउन । बुटवल उपमहानगरपालिका–९ बसपार्क आउट गेटबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

नुर्फिन ४० एम्पुल, फेनारागन ३७ एम्पुल र डाईजेपाम २४ एम्पुलसहित कास्की पोखरा महानगरपालिका–८ सिर्जना चोक बस्ने २३ वर्षीय बिश्वास गिरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ