काठमाडौं, ९ साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको पूर्ण केन्द्रीय समिति बैठक बस्न लागेको छ ।
विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि जनमत पार्टीको पूर्ण केन्द्रीय समिति बैठक बस्न लागेको जनमतका राष्ट्रिय प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।
प्रवक्ता डा.यादवका अनुसार आगामी साउन १८ गते बिहीबारका दिन बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बिहान ७ बजेदेखि बैठक बस्ने भएको छ ।
सो केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित पूरै केन्द्रीय समितिका सदस्यहरु सहभागी हुने उनले जानकारी दिएका छन् ।
बैठकमा सहभागी हुनेहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने उनले जनाएका हुन् ।
तपाईको प्रतिक्रिया