प्रभु साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग

समाचार

रौतहट, ९ साउन । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गरिएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गौरमा संयुक्त रुपमा जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका छन् ।

गौर हत्याकाण्डको मुख्य दोषी, कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारा, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता आरोप लगाउँदै सत्तारुढ दलका नेताहरुले कारबाहीको माग गरेका हुन् ।

६ दलीय मोर्चाको नेतृत्वमा हजारौंको संख्यामा निकालिएको जुलुसमा ‘हिन्दू नेता काशीनाथ तिवारीका हत्या प्रभु साहलाई कारबाही गर, कुस्ती खेलाडी उपेन्द्रदास बैरागी, शिक्ष सुनिल यादव लगायतका हत्यार प्रभु साहलाई गिरफ्तार गर’ लगायतका नाराहरु लगाइएको थियो ।

यस्तै, यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ