बाँके, १० साउन । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका–३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध र ३ थान मोबाइलसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया