दिगो इकोसिस्टमका लागि इन्जिनियरिङ्ग इनोभेसन सम्बन्धी सेमिनार

समाचार

काठमाडौं, १३ साउन । काठमाडौंस्थित भारतीय राजदूतावास र काठमाडौं युनिवर्सिटीको संयुक्त आयोजनामा दिगो इकोसिस्टमका लागि इन्जिनियरिङ्ग इनोभेसनसम्बन्धी सेमिनार उद्घाटन भएको छ ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शनिबार सो सेमिनारको उद्घाटन गरेका छन् ।

यो सेमिनार मिशन लाइफ स्टाइल फोर इन्भाइरन्मेन्टमा केन्द्रित रहेको दूतावासले जनाएको छ ।

सेमिनारले जलवायु परिवर्तनसँग लड्न र दिगो इकोसिस्टम निर्माण गर्न मिशन लाइफ र लाइफ स्टाइल फोर इन्भाइरन्मेन्टमा पनि केन्द्रित थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ