उपराष्ट्रपति यादव मटिहानी आउने

समाचार

महोत्तरी, १४ साउन । जिल्लाको मटिहानीमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव विभिन्न कार्यक्रमका लागि साउन १६ गते मंगलवार आउने कार्यक्रम तय भएको छ ।

मटिहानी नगरपालिकाको निमन्त्रणामा पालिकाको वडा नं.७ सात मटिहानी स्थित तस्मैया बाबा पार्कमा जडान गरिएको १ सय १० फिट अग्लो राष्ट्रिय झण्डाको समुद्धाटन र उनको सम्मानमा हुने नागरिक अभिनन्दनका लागि सम्मानीय उपराष्ट्रपतिज्यूको भम्रण तय गरिएको कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताएका छन् ।

भम्रणको क्रममा पौराणिक एवं धार्मिक लक्ष्मीनारायण मन्दिरमा पुजापाठ तर तस्मैया बाबाको दर्शनको साथ लक्ष्मीसागर पोखरीमा भगवान लक्ष्मीनागरायणको आरती गर्नेछन् ।

त्यस्तै नेपालकै जेठो राजकीय संस्कृत मा.वि.को निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गर्नु हुने कुरा जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ