महोत्तरी, १५ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको यही मंगलबार मटिहानीमा हुने भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।
भ्रमणको क्रममा उहाँ आउने सडकमा स्वागत द्वारको निर्माण कार्य सम्पन्न भएको छ भने नागरिक अभिनन्दनको लागि भव्य पंडालको निर्माण गरिएको कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।
त्यसैगरी, तस्मैयाबाबा पार्कमा निर्माण गरिएको झण्डाको समुद्घाटन लगायत लक्ष्मीनारायण मन्दिरमा गरिने पूजापाठ तथा अन्य कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको कुरा पनि जनाइएको छ ।
उपराष्ट्रपतिलाई स्वागत गर्न मटिहानी नगरवासी आतुर रहेको छ ।
तपाईको प्रतिक्रिया