एसईई उत्तीर्ण गरेका मुसहर बालबालिका सम्मानित

समाचार

जनकपुरधाम, १६ साउन । एसईईमा उत्तीर्ण गरेका नेपालका २२ जिल्लाका करिब १ सय ५० जना मुसहर समूदायका बालकालिकालाई मुसहर समूदायको समग्र उत्थान अभियान अन्तर्गत सम्मान गरिएको छ ।

साथै, मुसहर समूदायबाट नै विभिन्न विद्यामा अध्ययनरत विद्यार्थीलाई प्रमाण पत्र वितरण गरी सम्मान गरिएको हो ।

सो सम्मान कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष एवं पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादव, राष्ट्रिय सभाका पूर्व सदस्य रामप्रित पासमान, पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद कुमार साह, मधेश प्रदेश सभा सदस्य राम आशिष यादव, मधेश प्रदेश सभा पूर्वसदस्य चमेली देवी दास, जनकपुरधाम उपहानगरपालिकाका पूर्व मेयर लाल किशोर साह, सर्लाही चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपराष्ट्रपति राम सहाय प्रसाद यादवका जलवायु तथा वातावरण विज्ञ चन्देश्वर सदा र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको स्वकीय सचिव चन्देश्वर महतो लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

सो कार्यक्रमले विभिन्न कोणबाट थिचिएका मुसहर समूदायका सम्मानित व्यक्तिहरुको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने छ ।

मुसहर समूदायको विकास र उत्थानका लागि प्रदेश सरकार गभ्भीर रहेको विभिन्न किसिमको प्याकेज समेत ल्याएको छ ।

अगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै उनीहरुको गाँस, बाँस र कपास लगायत अन्य आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने प्रयास जारी राखिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ