कपिलवस्तु, १६ साउन । शिवराज नगरपालिका–६ धर्मनगरस्थित निर्माणाधिन गौरीशंकर सिमेन्ट कारखानामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर भारत वेटिया पश्चिम चम्पारन घर भएका २६ वर्षीय पुषपेन्द्र चौरासियाको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।
कारखानामा वेल्डिङ् काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया